Monday, October 12, 2015

सुशील कोइराला बालुवाटार छाडेर शशांकको घरमा सर्ने

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।
विसं २०७० माघ २७ गते मुलुकको ३७औँ प्रधानमन्त्री बनेपछि कोइराला बालुवाटारमा बसोबास गर्दै आएका थिए । आइतबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८औँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि कोइरालाले बालुवाटार छाड्न लागेका हुन् ।
सभापति कोइराला बालुवाटारबाट काँग्रेस नेता डा शशाङ्क कोइरालाको निवास महाराजगन्ज सर्नुहुने भएको उनको परिवारिक स्रोतले जनाएको छ ।
कोइराला प्रधानमन्त्री हुनु अगाडि महाराजगन्जस्थित एक घरमा भाडामा बस्दै आएका थिए । रासस

No comments:

Post a Comment